दफा १२५
मुद्दा पुर्पक्ष हुँदाको तलब भत्ता
कुनै अभियोग लागी हिरासतमा रहेको वा निलम्वन भएको यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिको हकमा तोकिएको अधिकृतले दफा १२३ को उपदफा (१) को खण्ड (ख) र उपदफा (२) को खण्ड (ख) को कार्यान्वयनको लागि मुद्दा किनारा नलागेसम्म निजको तलब भत्ता रोक्का राख्न निर्देशन दिन सक्नेछ ।